राजनीति


मोरङ-सुनसरीबाट उखेलिएका उपेन्द्र यादव जनता झुक्याउन बारा आए : ओली

मोरङ-सुनसरीबाट उखेलिएका उपेन्द्र यादव जनता झुक्याउन बारा आए : ओली

बारामा आयोजित एमालेको सभामा ओली। तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
चैत २२, २०७९ बुधबार १५:४३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा क्षेत्र नम्बर २ मा पुरुषोत्तम पौडेल जित्ने दाबी गरेका छन्। 

बुधबार बारामा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यहाँ पौडेलको जित सुनिश्चित भएको बताए।

‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु। यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नारा लाग्न सक्छन्। जातिवादी नारा लाग्न सक्छन्। तपाईंहरू सतर्क र सचेत रहनुहोला', उनले भने, 'वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ। जातजात भनेर गरिने प्रेम झुटो हुन्छ। उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन।’

ओलीले उपेन्द्र यादवले जिते देशको विकास नहुने पनि बताए। ‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो। लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो', उनले भने, 'उहाँ जितेपछि के गर्नुहुन्छ? फूलमाला लगाउनुहोला। मन्त्री हुनुहोला। यादवज्यूबाट विकास हुन्छ त? ’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .