नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारका दलहरुले राजनीतिक विचारअनुसार निर्माण हुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले न्यूनतम साझा कार्यक्रम दलहरुले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरुलाई समेटेर बनाउने दस्तावेज रहेको उल्लेख गरे।
उनले अहिलेको नीति तथा कार्यक्रम ५ वर्ष नै कायम रहने दाबी गरे।
‘न्यूतम साझा कार्यक्रम सरकारमा रहेका दलहरुले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरुलाई समेटेर बनाउने दस्तावेज हो', उनले भने, 'यो नीति तथा कार्यक्रम पाँचै वर्ष कायम रहोस्। विश्वास छ कायम रहन्छ।’
सांसद पाण्डेले वर्तमान सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि भएको पनि दाबी गरेका छन्।
Shares

प्रतिक्रिया