राजनीति


प्रचण्डको ब्रिफिङ : टीआरसीमा कुरो मिलेन, एमालेलाई पनि सहमत गराउँछौँ

प्रचण्डको ब्रिफिङ : टीआरसीमा कुरो मिलेन, एमालेलाई पनि सहमत गराउँछौँ

माओवादी दलको बैठकमा प्रचण्डसहितका नेता। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत २८, २०७९ मंगलबार १७:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन मंगलबार बसेको बैठकमा सहमति नजुटेको बताएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उक्त कुरा बताएका हुन्।

बैठकमा सांसदहरुलाई ब्रिफिङका क्रममा उनले मंगलबार सहमति जुट्न नसकेकाले अब वैशाख १ गते फेरि बसेर टुंगोमा पुर्‍याइने जानकारी दिए। 

'संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने प्रयासमा आज सहमति हुन सकेन। आजको बैठकमा कुरा नमिलेकाले फेरि वैशाख १ गते बस्ने  कुरा भएको छ', उनले भने, 'हामीले संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन दुईवटा प्रस्ताव अन्य दलहरुसँग अघि सारेका छौँ।'

दाहालका अनुसार बैठकमा माओवादीकोतर्फबाट टीआरसी टुंग्याउने प्रस्तावको कन्टेन्टमा सहमति गरेर जानुपर्ने पहिलो प्रस्ताव गरिएको छ।

'प्रस्तावक कन्टेन्टमा पनि अहिल्यै सहमति गरेर जाऊँ भन्ने हाम्रो प्रस्ताव छ', प्रचण्डले भने, 'हाउसमा प्रक्रियागतरुपमा जान पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमत गराउने गरी अर्को प्रस्ताव पनि राखिएको छ।' 

टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रचण्ड–देउवाको प्रस्ताव, ओलीले गरे अस्वीकार

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा मंगलबार बिहान बसेको प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको उपस्थितिमा बैठक बसेको थियो। 

उक्त बैठकमा लगायत विधेयक टीआरसीलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने कुरामा सबै दल एकमत भएको बताइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .