राजनीति


उपनिर्वाचनबाट केही सिट घट्नु बढ्नुले एमालेलाई फरक पार्दैन : विष्णु रिमाल

उपनिर्वाचनबाट केही सिट घट्नु बढ्नुले एमालेलाई फरक पार्दैन : विष्णु रिमाल

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १५:१०, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चितवन, तनहुँ र बारामा आइतवार सम्पन्न उपनिर्वाचनबाट नेकपा एमाले जित्नु र नजित्नुले संसदीय अंकगणितमा खासै फरक नपार्ने बताएका छन्। 

प्रेस चौतारी नेपाल धादिङले मंगलबार धादिङबेंसीमा गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘हामी हाम्रो विषय र मुद्दालाई ब्राण्डिङ गरिरहेका छौँ', उनले भने, 'हामीलाई अहिले प्रतिनिधिसभाका तीन सिट घट्नु र बढ्नुले तात्विक फरक पार्दैन।’

रिमालले मतदातालाई आफ्ना मुद्दाबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले भाग लिएको पनि रिमालले बताए।

‘मंसिरको निर्वाचनमा पनि तनहुँ र चितवनमा हामीले जितेका थिएनौँ, बारामा छोडेका थियौँ', उनले भने, 'अहिलेको उपनिर्वाचन हाम्रा लागि प्लस, माइनस, जिरो जस्तै हो। हामीले निर्वाचन प्रक्रियामा भाग लिएका मात्रै थियौँ।’

उनले तीनै क्षेत्रको उपनिर्वाचनले राष्ट्रको केही प्रतिनिधित्व नगर्ने पनि उनले बताए। यो फिल इन द ब्ल्याङ्क मात्रै भएको पनि उनको भनाइ थियो।

रिमालले चार वर्षपछि हुने चुनावी तयारीस्वरुप एमालेले मिसन ग्रासउट अभियान चलाए पनि दाबी गरे। 

मिसान ग्रासउट अभियानमार्फत एमालेले देशभरको सूचना संकलन गरिरहेको उनको तर्क थियो। रिमालले कार्यकर्ताको भावना र एमालेप्रति जनताको दृष्टिकोणको मूल्यांकन गरिरहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad