राजनीति


रविलाई प्रश्न : तपाईं कांग्रेस-माओवादीसँगभन्दा एमालेसँग कम्फर्टेबल हो?

रविलाई प्रश्न : तपाईं कांग्रेस-माओवादीसँगभन्दा एमालेसँग कम्फर्टेबल हो?

सांसदको शपथपछि स्वर्णिम वाग्ले र रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १२:३७, काठमाडौँ

नागरिकता प्रकरणमा गत माघ १३ गते सांसदसहित मन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक संसद प्रवेश गरेका छन्।

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० ते भएको उपनिर्वाचनबाट विजयी उनलाई शुक्रबार मध्यान्ह सभामुख देवराज घिमिरले सांसद पदको शपथ गराए।

पाँच महिनामै दोस्रो पटक संसद यात्रामा निस्किएका उनले आफूहरुलाई हराउन गठबन्धन सरकारले सरकारी हेलिकोप्टरदेखि अनेक स्रोत साधन दुरुपयोग गरेको आरोप पनि लगाए।

यिनै आरोपबीच अब सरकारमा जानेभन्दा समर्थन नै फिर्ताको दिशातर्फ आफूहरु पुगिसकेको पनि निष्कर्ष उनले सुनाए। 

रविले अहिलेको सरकारमा नजाने बरु १३ वटा मात्रै मन्त्राल बनाएर रास्वपा एक्लैलाई सरकार चलाउन दिए आफूहरु तयार रहेको पनि सुनाए। यदि देशमा अस्थिरता नहुने भए सरकारबारे छलफल गर्न सकिने उनको कथन थियो। 

उनलाई त्सक्रममा पत्रकारहरुले अन्य राजनीतिक दलसँगको सम्बन्धबारेमा प्रश्न गरे। एकजना पत्रकारको प्रश्न थियो, 'तपाईं माओवादी र कांग्रेसभन्दा एमालेसँग बढी कम्फर्टेबल हो?' 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण पत्रकारको त्यो पनि सान्दर्भिक नै थियो। 

यस्तोमा रविले एमालेसँग निकट र कम्फर्टबेल रहेको कुरालाई गलत भाष्य भने। 'एमालेसँग निकट रहेको कुरा गलत हो, गलत भाष्य हो', उनले भने, 'तर हामीआफैँसँग मात्रै कम्फर्टेबल छौँ। हिजो सरकारमा रहँदा एमालेसँग टाँसियो कि भन्ने थियो। तर एमालेभन्दा पहिले हामीले सरकारबाट बाहिरिने निर्णय गरौँ।'

उनले त्यसक्रममा आफ्नो बचाउ गर्दै राष्ट्रपति निर्वाचनमा पनि एमालेले सारेका उम्मेदवारलाई भन्दा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको बताए। 

'राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई सघायौँ। उपराष्ट्रपतिको निर्वाचनमा महिला उठाएकाले जनमतलाई सघायौँ', उनले भने, 'एजेन्डाका आधारमा हाम्रो सबैसँग सहकार्य हुन्छ।'

उनले अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा नरहेको पनि बताए। 'सरकारमा जाने र मन्त्रालय लिने कुरा अहिले असम्भव छ। यथास्थितिमा सरकार गएर मैले मन्त्रालय लिने कुरा सम्भव छैन', उनले भने, 'मुलुकको स्थिरताका लागि गर्नुपर्ने निर्णय फरक होला।  तर अहिले सरकारमा जाने सम्भावना एकदमै कम छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .