राजनीति


यी हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली हतियार

यी हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली हतियार

नेपालखबर
पुस २३, २०७६ बुधबार ११:४५,

संसारको सबैभन्दा ठूलो सैन्य शक्ति हो अमेरिका। उसको रक्षा खर्च नै वार्षिक ७ खर्ब डलरभन्दा बढी छ।

अमेरिकासँग ३० लाख सेना छन्। जो पृथ्वीका सात वटै महादेशमा पुगेका छन्। ४ हजार ८ सय स्थानमा अमेरिकी सेना तैनाथ छन्।

अमेरिकी सेनासँग विश्वकै आधुनिकतम हतियार पनि छन्। युद्ध भए अमेरिकाले अहिले प्रयोग गर्नसक्ने अत्याधुनिक हतियार यसप्रकार छन्:

१. बी–५२ बमवर्षक
अमेरिकाले यो सिरिजको विमान सबैभन्दा पहिले १९५२ मा सैन्य सेवामा प्रयोग गरेको थियो। बी–५२ विमान आकासबाटै क्षेप्यास्त्र प्रहार गर्न प्रयोग हुन्छ। हरेक विमानले २० वटा क्षेप्यास्त्र बोक्न सक्छ।

281442.jpg

हाल अमेरिकी सेनासँग ७५ वटा बी–५२ विमान छन्। यो विमानले क्षेप्यास्त्र, बमसहित समग्रमा ३५ टन तौल बोक्न सक्छ।

यो विमानबाट प्रहार गरिएका क्षेप्यास्त्र आफ्नै इन्जिन र स्वनिर्देशित तरिकाले निसानमा पुग्छन्। तिनले करिब १४ सय किलोसम्मका बम बोक्न सक्छन्।

२. बी–२ स्टिल्थ बमवर्षक
आणविक र गैरआणविक हतियार बोक्न सक्ने यो विमान पनि अमेरिकी सेनाको सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक हो। मिजोरीमा रहेको अमेरिकी सेनाको ह्वाइटम्यान अखडाबाट २० वटा यस्ता विमान परिचालित छन्। तर, अन्यत्र रहेका अमेरिकी सेनाको हवाई अखडाबाट पनि यिनलाई परिचालन गर्न सकिन्छ।

K48.jpg

अमेरिकासँग रहेको आणविकबाहेकको सबैभन्दा ठूलो बम जीबीयू–५७ हो। यो विमानले यस्ता दुई वटा बम बोक्न सक्छ। झण्डै १४ हजार किलोको यस्यो ९ मिटर लामो हुन्छ।

जमिनको सतहलाई फुटाएर भूमिगत क्षेप्यास्त्र राखिएको स्थान भत्काउन यस्तो बम प्रयोग गरिन्छ।

यो विमानले अन्य हतियार पनि बोक्न सक्छ। जसको प्रयोग अमेरिकी सेनाले सिरिया, इराक र अफगानिस्तानमा गरिसकेको छ।

३. बी-१ बमवर्षक
चार इञ्जिन भएको यस्तो विमान अमेरिकासँग ६० भन्दा धेरै छ।

अमेरिकी सेनासँग भएका अन्य जुनसुकै विमानभन्दा यसले सबैभन्दा बढी ३४ हजार किलोको विस्फोटक पदार्थ यसले बोक्न सक्छ।

यसलाई गत दशकको युद्धमा अमेरिकाले खुब प्रयोग गरेको थियो।

B-1B_air_refueling.jpg

४. एफ-२२ स्टिल्थ लडाकु विमान
अमेरिकासँग भएको सबैभन्दा क्षमतावान लडाकु विमान मानिन्छ एफ–२२। अमेरिकी वायुसेनासँग १ सय ८० वटा यस्ता विमान छन्।

अमेरिकाका प्रतिस्पर्धी मुलुकसँग रहेका अत्याधुनिक लडाकु विमानभन्दा यो बढी शक्तिशाली मानिन्छ। विपक्षीको राडारमा नदेखिने यो विमानले आकासबाट जमिनमा गाइडेड मिसाइल पनि प्रहार गर्न सक्छ।

32233421265_2c903c8627_o.jpg

कुनै पनि युद्ध सुरु हुनासाथ अमेरिकी सेनाले दुश्मनको प्रतिरक्षा प्रणालीमा यो विमानद्वारा आक्रमण गर्ने गर्छ। किनभने यो तिनको राडारमा देखिँदैन। अनि मात्र अन्य विमानको प्रयोग गर्नेगर्छ।

५. निर्देशित क्षेप्यास्त्र र पन्डुब्बी
अमेरिकासँग दर्जनौँ त्यस्ता पन्डुब्बी जहाज छन्, जसलाई समुद्र सतहभित्रै बसिरहन सक्छन्। तिनले त्यहीँबाट सयौँ तोमाहक क्षेप्यास्त्र प्रहार गर्न सक्छन्।

सबैभन्दा शक्तिशाली मानिने ओहायो क्लास पन्डुब्बीले १५४ तोमाहक बोक्न सक्छ। एउटा तोमाहकले ४ सय ५३ किलो ग्रामको विस्फोटक बोकेर १६ सय किमिभित्रको निसानामा प्रहार गर्न सक्छ।

170424171413-02-navys-uss-michigan-exlarge-169.jpg

त्यस्तै एउटा तोमाहक प्रक्षेपण गर्दा १५ वटा निसाना त्यहाँ दर्ज गराउन सकिन्छ र प्रहार गरिसकेपछि तीमध्ये जुनसुकै निसानमा पनि क्षेप्यास्त्र खसाउन सकिन्छ।

तोमाहक बोक्नसक्ने अन्य अनेकौँ डुंगा र जहाज अमेरिकी सेनासँग छन्।

६. विमानबाहक जहाज
अमेरिकासँग संसारकै सबैभन्दा बढी ११ वटा विमानबाहक जहाज छन्। तीमध्ये १० निमित्ज क्लास र एउटा फोर्ड क्लास हुन्। यद्यपि तत्काल युद्धका लागि भने ३ वा ४ वटा मात्र तयार हुनसक्छन्।

हाल अमेरिकाले पश्चिम एसियामा यूएसएस ह्यारी ट्रुम्यान नामक विमानबाहक जहाज राखेको छ।

USS-Carl-Vinson-aircraft-carrier-US-Navy-2005.jpg

प्रत्येक यस्ता जहाजले ६० वटा सम्म विमान परिचालन गर्न सक्छ।

यसबाहेक अमेरिकी सेनासँग ९ वटा साना जहाज छन्, जसले एफ–३५ बी लडाकु विमान बोक्न सक्छन्।

७. विध्वंसक जहाज
विमानबाहक जहाजको अंगको रुपमा र स्वतन्त्र रुपमा पनि यस्ता विध्वंसकहरु युद्धमा प्रयोग हुन सक्छन्। यिनले गाइडेड मिसाइल प्रहार गर्छन्।

यस्ता जहाज अमेरिकासँग ७० भन्दा धेरै छन्। हरेकले ५६ वटासम्म तोमाहक क्षेप्यास्त्र बोक्न सक्छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .