राजनीति


ओलीमाथिको जातिवादी आक्रमण संघीयताको दुष्परिणाम : केसी

ओलीमाथिको जातिवादी आक्रमण संघीयताको दुष्परिणाम : केसी

नेपालखबर
बैशाख १६, २०८० शनिबार १९:१३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओलीमाथि पहिचान पक्षधरले गरेको आक्रमणको विरोध गरेका छन्। 

यही वैशाख १३ गते झापामा आयोजित आमसभामा सहभागी हुन गएका ओलीमाथि पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका थिए।

शनिबार विज्ञप्ति प्रकाशित गरी केसीले संघीयता र त्यसमा पनि जातीय संघीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्याउने दोहोर्याउँदै संघीयता खारेजीमा जोड दिएका छन्। 

साथै, प्रदेशको नाम ‘कोशी’ राखिएकोमा राजमोले स्वागत गरेको केसीले स्पष्ट पारेका छन्।

यस्तो छ केसीले जारी गरेको विज्ञप्ति:
१ नं प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएकोमा त्यसका विरोधी जातिवादीहरूले गत २०८० वैशाख १३ गते झापामा आयोजित आमसभामा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरेकोमा राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ ।

सङ्घीय संरचना स्थापना भएको ६ वर्षपछि १ नं। प्रदेशले ‘कोशी’ प्रदेशको रूपमा नाम पाएकोमा हाम्रो सङ्गठनले पहिले नै समर्थन गरिसकेको छ । हाम्रो ठहर छ, सङ्घीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो । पूर्वाञ्चल क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विरासतको आधारमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो भन्ने प्रष्टै छ ।

हाम्रो सङ्गठनले नेपालको सन्दर्भमा सङ्घीयताको विरोध गर्दै आइरहेको छ । हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयता—ले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पु¥याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो । ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको यस्तो गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भएकाले हाम्रो सङ्गठन यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
२०८० वैशाख १६ गते
चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .