राजनीति


बारामा उपेन्द्र यादवलाई राजाको जस्तै मुकुट र दुई सय केजीको माला

बारामा उपेन्द्र यादवलाई राजाको जस्तै मुकुट र दुई सय केजीको माला

उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाइदिँदै कार्यकर्ता। तस्बिर : तारकेश्वर यादव


नेपालखबर
बैशाख १७, २०८० आइतबार १४:८, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिबेला निर्वाचन क्षेत्रमै केन्द्रित छन्।

वैशाख १० मा तनहुँ १ र चितवन २ बाट निर्वाचित शुक्रबार डा. स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिँदा यादव बारामै थिए।

मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादवलाई अहिले त्यहाँ 'मधेशको मसिहा' नाम दिएर सम्मान दिने क्रममा छ। 

उनले जनता समाजवादीको तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्। 

राजाले लाउने शैलीमै यादवलाई मुकुट पहिर्‍याएपछि कार्यकर्ताहरुले उनको काँधमा २ सय केजीको मालासमेत भिराइदिए। 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई सम्मान गर्न कार्यकर्ताहरु त्यतिमै रोकिएनन्। उनीहरुले मुकुट र २ सय केजीको माला लगाइदिएपछि यादवलाई बधाई दिन हात्तीसहितको जुलुस नै निकाले। 

हात्तीसहितको जुलुस निकालिँदा उत्सवको माहोल थियो। उक्त हात्तीमा यादव भने सवार भएनन्। बरु मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव सवार भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .