राजनीति


मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति

मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति

नेपालखबर
बैशाख १८, २०८० सोमबार २१:१९, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताएका छन्। 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २०औँ वार्षिकोत्सवको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणको कारण समस्या अझ बढी संवेदनशील बन्दै गएको बताए। उनले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले सो पूरा गर्नका लागि सरकारको योजनामा गैरसरकारी क्षेत्रको हातेमालो आवश्यक रहेको बताए।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदार सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताए। ‘मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्र मिलेर काम गर्नुपर्दछ। अझ जेल जीवन बिताइरहेका व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सरकारले ध्यान दिन जरुरी छ,’ उनले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले आत्महत्या रोकथाम र सहरी विकासअन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताए।

उनले मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसलाई सचेतना फैलाउनु र भ्रम निवारण गर्न आवश्यक रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई सरकारले अझै प्राथमिकतामा राखी काम गर्ने बताए।

केन्द्रका प्राविधिक निर्देशक डा पशुपति महतले आफूले सरकारसँग मानसिक स्वास्थ्य सेवामा हातेमालो भएर काम गरिरहेको बताए। उनले केन्द्र सन् २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिकमा काम गर्दै आइरहेको उल्लेख गर्दै हालसम्म ५१ जिल्लाका दुई सय छ स्थानीय तहमा काम गरिरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad