ad ad

राजनीति


सांसद माझीको प्रश्न - केपी ओ‌ली महासय कति भ्रष्टाचारीलाई कारवाही गर्नुभयो?

सांसद माझीको प्रश्न - केपी ओ‌ली महासय कति भ्रष्टाचारीलाई कारवाही गर्नुभयो?

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार ८:२१, काठमाडौँ

प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेलले भ्रष्टाचारीको मुख पनि नहेर्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टचारीलाई कारवाही नगरी संरक्षण गरेको बताएकी छिन् । 

मंगलबार सरकारको नीतिबारे धारणा राख्दै माओवादी केन्द्रकी सांसद माझीले विगतमा भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओलीले कति जना भ्रष्टाचारीलाई कारवाही गर्नुभयो? भनेर प्रश्न गरिन्। उनले भनिन्, 'यति, ओम्नी, वाइड वडी, ७० करोडलगायत काण्डमा सहभागी कसलाई कारवाही गर्नुभएको थियो?'

उनले  सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियानले जनतामा आशाको संचार जगाएको बताइन् । सरकारलाई भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन सांसदहरूसँग आग्रह पनि उनले गरिन्।

नीति कार्यक्रममा जनयुद्ध शब्द राखिनु स्वभाविक र विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप भएको बताउँदै सांसद माझीले जनयुद्धकै कारण परिवर्तन सम्भव भएको दावी गरिन् । 

'नीति कार्यक्रमको प्रस्तावनामा जनयुद्ध शब्द राखिएकोप्रति म धन्यवाद दिन चाहन्छु। जनयुद्ध जसले नेपालको आजको सम्पूर्ण परिवर्तनको लागि जग निर्माण गर्‍यो, सबै खालको जातीय, क्षेत्रीय, लिंगीय उत्पीडनको विरुद्ध जनमत निर्माण गर्‍यो, ती उत्पीडनको अन्त्य गर्‍यो,' उनले भनिन्।

जनयुद्ध नभएको भए गणतन्त्रको सपना सम्भव नहुने र धेरै महिलाहरुको उपस्थिति यो संसदमा सम्भव नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .