राजनीति


मन्त्री सुदन किराँतीको आक्रोश-‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले’

मन्त्री सुदन किराँतीको आक्रोश-‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले’

फाइल तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती


नेपालखबर
जेठ १४, २०८० आइतबार ११:३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्। 

पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकास्थित जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाबिक (नयाँ नापी भइसकेपछि पुरानो स्रेस्तालाई खारेज गरेर नयाँ नापीअनुसारको स्रेस्ता कायम गर्नु) गर्न खोजिएको भन्दै त्यसमा आफूलाई जोडेर आलोचना हुन थालेपछि मन्त्री किराँतीले स्पष्टीकरण दिएका हुन्। 

आफूले अहिलेसम्म घुस नखाएको र नखुवाएको दाबी गर्दै मन्त्री किराँतीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। 

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला’, उनले भनेका छन्, ‘प्रमाणित गर म एक मिनेट बस्दिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .