चीन, रुस र अमेरिकाका उच्च कुटनीतिक अधिकारीहरुले एकै दिन श्रीलंका भ्रमण गर्ने भएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार श्रीलंका पुग्दैछन्। उनले राष्ट्रपति गोताबाय राजापाक्ष, प्रधानमन्त्री महिन्दा राजापाक्ष र विदेशमन्त्री दिनेश गुनवर्देनासँग भेट्ने कार्यक्रम छ।
त्यसैगरी रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पनि सोमबार नै श्रीलंका भ्रमण गर्ने छन्। उनले पनि सबै उच्चअधिकारीहरुसँग भेट गर्ने छन्।
यही बेला दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी कार्यवाहक सहायक मन्त्री एलिस जी वेल्सले पनि श्रीलंका भ्रमण गर्दैछिन्। श्रीलंकापछि उनी भारत भ्रमणमा जानेछिन्। एजेन्सी

प्रतिक्रिया