ad ad

राजनीति


भारत भ्रमणको बारेमा प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

भारत भ्रमणको बारेमा प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

नेपालखबर
जेठ १५, २०८० सोमबार २०:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारे संसदलाई जानकारी गराएका छन्। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा आगामी जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण हुन लागेको उनले सदनलाई जानकारी गराएका हुन्। 

भ्रमणमा परराष्ट्रमन्त्रीमन्त्री, अर्थमन्त्री, ऊर्जा, जस्रोत तथा सिंचाइमन्त्री, भौतिक, पूर्वाधार मन्त्री र उद्योगमन्त्रीहरु, नीजि क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सम्मिलित रहेको उनले बताए। 

साथै, उनले राष्ट्रियसभा बैठकमा पनि आफ्नो भारत भ्रमणको बारेमा राष्ट्रियसभा बैठकलाई पनि जानकारी गराए।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता हुने र सो वार्तामा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको उनले बताए। 

‘नेपाल भारत सम्बन्ध र सहकार्यका विभिन्न छलफल र सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेकाले सोही अनुरुप प्रतिनिधिमण्डलको गठन गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

भारत भ्रमणको तयारी भइरहेको उनले संसदलाई जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .