ad ad

राजनीति


कांग्रेसका १४ जिल्ला सभापतिले सरकारलाई भने : कोशीमा पहिचानवादीहरुसँग वार्ता थाल्नू

कांग्रेसका १४ जिल्ला सभापतिले सरकारलाई भने : कोशीमा पहिचानवादीहरुसँग वार्ता थाल्नू

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १५:२, काठमाडौँ

कोशी प्रदेशस्थित नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पहिचनावादी आन्दोलनकारीले अघि सारेको माग वार्ताबाट समाधान आग्रह गरेका छन्।

प्रदेश १ को स्थायी नाम कोशी राखिएपछि दुई महिनादेखि आन्दोलित पहिचानवादीहरुलाई सम्बोधन गर्न कांग्रेसका १४ जिल्लाका सभापतिहरुले सरकारसँग माग गरेका हुन्। 

उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर पहिचानवादी आन्दोलनकारीले प्रदेशको नाम कोशी हटाउन गरेको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै वार्ताबाट समाधान खोज्न भनेका हुन्। 

जिल्ला सभापतिहरुले पहिचान पक्षधर जनताले आफ्नो मागको सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको पनि भर्त्सना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .