ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमण : मध्य प्रदेशमा यसरी गरियो स्वागत (तस्बिरहरू)

प्रधानमन्त्रीको भारत भ्रमण : मध्य प्रदेशमा यसरी गरियो स्वागत (तस्बिरहरू)

उनको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत पनि गरिएको थियो तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
जेठ १९, २०८० शुक्रबार १५:२५, काठमाडौँ

छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) मध्य प्रदेश पुगेका छन्। प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशको इन्दौर विमानस्थलमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए। 

इन्दौर उत्रिएपछि सडकमार्ग हुँदै उज्जैन पुगेर प्रचण्डले महाकाल मन्दिरको दर्शन गरे।

प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्। नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा दुई देशका झण्डा लिएर सडकमा सर्वसाधारण सडकमा उपस्थित रहेको सचिवालयले जनाएको छ। 

उनको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत पनि गरिएको थियो। इन्दौरमा प्रधानमन्त्री दाहाल होटल मेरियटमा बस्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .