ad ad

राजनीति


नागरिकता विधेयक र भारतमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद अवरुद्ध

नागरिकता विधेयक र भारतमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद अवरुद्ध

फाइल फोटो


नेपालखबर
जेठ २१, २०८० आइतबार १२:३८, काठमाडौँ

नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए।

एमालेका सांसदहरुले उठेर नाराबाजी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले उठेर समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .