ad ad

राजनीति


प्रधानमन्त्रीले देशलाई विवादित बनाएर विष खुवाउनुभयो : योगेश भट्टराई

प्रधानमन्त्रीले देशलाई विवादित बनाएर विष खुवाउनुभयो : योगेश भट्टराई

नेपालखबर
जेठ २२, २०८० सोमबार १८:२५, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको टिप्पणी गरेका छन्।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए। 

उनले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको पनि बताए। 

उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रश्तुत गरिरहेको भन्दै विरोध जनाए। 

प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने उनको भनाई छ। 

‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो। यसरी निरीह भएर कहिल्यै पनि प्रस्तुत भएको छैन। किनभने उहाँसँग कुनै तर्क नै छैन। उहाँको धारणा नै कमजोर र फितलो छ,’ उनले भने, ‘उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ। अदालतले रोकिदिइसकेको छ। उहाँसँग कुनै तर्क छैन। अनि कुतर्क गर्ने भावनात्मक कुरा गर्ने, प्रधानमन्त्रीले संसदलाई ढाँट्न भएन, बंगलादेश बाटोबारेमा म बोलेकै छैन, हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने। यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ।’

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .