राजनीति


अमरेशकुमारको प्रश्न- हरेक वर्ष दर्जनौँ नेपाली नदीमा बग्ने गर्छन्, दोषी को?

अमरेशकुमारको प्रश्न- हरेक वर्ष दर्जनौँ नेपाली नदीमा बग्ने गर्छन्, दोषी को?

नेपालखबर
जेठ २४, २०८० बुधबार १२:५१, काठमाडौँ

सांसद अमरेशकुमार सिंहले नेपालमा मापदण्डअनुसार सडक नबनेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक वर्ष दर्जनौँ नेपाली सडक दुर्घटनामा मारिने गरेको बताउँदै त्यसको कारण मापदण्डअनुसार सडक नबन्नु भएको उनले बताए।

नेपालमा खोला र नदीको किनार भएर बाटो बन्ने र त्यसमा सरकारले सुरक्षा पनि नदिने उनको भनाइ थियो।

'हाम्रो देशमा जहिले पनि सडक दुर्घटना धेरै हुन्छन्, खोलाको किनारकिनार बाटो बनाउँछौँ तर सुरक्षा दिँदैनौँ। हरेक वर्ष दर्जनौँ नेपाली नदीमा नदीमा बग्ने गर्छन्,' सुनकोशी नदीमा भएको हालैको सीटीईभीटीका कर्मचारीको प्रसंग उठाउँदै उनले भने, 'यसको दोषी को? जनता कि, सडक विभाग कि, सरकार?'

उनले बरु १० को ठाउँमा ५ वटा मात्रै सडक बन्नुपर्ने तर ती मापदण्ड अनुरुप बन्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .