नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको सदस्य निर्वाचित भएको छ। २०२४ देखि २०२६ सम्मका लागि नेपाल सदस्य चुनिएको हो।
मतदातमा नेपालले १४५ मत प्राप्त गरेको छ।
नेपालले एसिया प्यासिफिक समूहमा सबैभन्दा बढी मत प्राप्त गरेको हो।
यस पटक सो परिषद सदस्यका लागि १८ नयाँ सदस्यको निर्वाचन भएको थियो।
नेपालसँगै पाकिस्तान, जापान, बेलायतलगायत मुलुकहरु पनि सदस्य निर्वाचित भएका छन्।
यो परिषद् राष्ट्र संघका ६ प्रमुख अंगहरुमध्ये एक हो। जसमा ५४ सदस्य छन्। तिनको चुनाव हरेक वर्ष महासभाले गर्ने गर्छ।
सदस्यहरुको तीन वर्षे कार्यकाल हुने गर्छ। त्यसमध्ये एसिया प्यासिफिक क्षेत्रबाट ११ सदस्य रहने गर्छन्।
परिषद् अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक मुद्दाहरुमा छलफल गर्ने प्रमुख फोरम मानिन्छ।
जेठ २५, २०८०, बिहीबार
24
Shares
प्रतिक्रिया