राजनीति


टेलिभिजनमा यो भएन, त्यो भएन भन्न सजिलो थियो : रवि लामिछाने

टेलिभिजनमा यो भएन, त्यो भएन भन्न सजिलो थियो : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८० शनिबार ११:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीति गर्नुभन्दा टेलिभिजन कार्यक्रम चलाउन सजिलो भएको बताएका छन्।

शनिबार बुद्धनगरमा अर्घाखाँची-काठमाडौं सम्पर्क भेलामा उनले आफैँ गर्छु भनेर राजनीतिमा आबएपछि कयौँ प्रश्नको सामना गर्नुपरेको र कयौँ घेराबन्दीमा परेको बताए। टेलिभिजनमा असन्तुष्टी प्रकट गरेरै उदाएका उनले आफ्नै आत्मालोचना गर्दै असन्तुष्टी प्रकटले देश नसप्रिने टिप्पणी गरे।

'हामी असन्तुष्टी प्रकट गरिरहेन्छौँ, असन्तुष्टीको प्रकटले देश नसप्रिने रहेछ,' उनले भने, 'असन्तुष्टी प्रकट गरेर टेलिभिजनमा मलाई सजिलो थियो। यो पनि भएन त्यो पनि भएन, यो पनि ठीक छैन, त्यो पनि ठीक छैन भन्न सजिलो थियो। भएका काण्डमा टीकाटिप्पणी गरेर  टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिन कुनै ठूलो कुरो थिएन, सजिलै थियो। तर अब आफैँ गर्छुँ भनेर आउँदा कयौँ घेराबन्दीमा कयौँ प्रश्नको सामना गर्नुपरेको छ।'

अहिलेको घेराबन्दी त्यति ठूलो नभएको पनि उनले बताए। ०८४ मा रास्वपा सजिलै जान्छ भनेर सुभेच्छुकले सोचेजस्तो सहज नभएको उनको भनाइ थियो।

'जति घेराबन्दी तपाईंले देख्नुभयो, अब रास्वपा सरासर सजिलै जान्छ, एकदम सर्र्रर जान्छ, एकदम ०८४ मा त एकदम सजिलो हुन्छ भन्ने यहाँहरूलाई लागेको होला,' उनले भने, 'हो, नेपाली जनताले देखाएको बाटो त सजिलो छ. तर यो बाटोमा सम्पूर्ण दलहरू राखेर जुन बाधाहरू छन् जुन घेराबन्दी गर्नेवाला छन्, त्यो सातो जानेवाला छ।'

८४ मा रास्वपा के हुन्छ भनेर घर-घरमा आम जनताले अनुमान गरिसकेको उनको भनाइ थियो। तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिल्यैदेखि प्रयासहरू भइरहेको उनले बताए।

आफूहरूमाथिको घेराबन्दी सातो जाने खालको भए पनि नडराउने उनको भनाइ थियो।

यसैगरी रास्वपाको आन्तरिक लोकतन्त्र मजबुत भएको बताउँदै उनले निर्धक्क हुन अनुरोध पनि गरे। फलानाले के भन्ला, बाउबाजेदेखिको पार्टी छाडे के होला सोचे फेरि पनि यो समाज यस्तै हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad