राजनीति


टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत

नेपालखबर
जेठ २७, २०८० शनिबार २१:५६, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन्। 

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन। यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ। त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन,’ अर्थमन्त्री डा. महतले भने।

उनले उक्त सुरुङमार्गको बारेमा ठोेस पहल नभएको बताउँदै अहिले एक अर्ब बजेट विनियोजन भएको पनि बताए। 

‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन। अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं,’ उनले भने।

जसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउने उनको भनाइ छ।

‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन्। स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो। अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो,’ महतले भने, ‘जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो। आम्दानी नभइ खर्च गर्न सकिँदैन’ मन्त्री डा। महतको भनाइ थियो।

आफू नुवाकोटकै भएको कारणले यहाँ थोरै बढी बजेट परेको उनले बताए।

‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ। त्यो नुवाकोटको आवश्यकता हो,’ उनले भने, ‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ। यद्यपि देशभरि हामीले बजेट पुर्‍याउने प्रयास गरेका छौं।’

कृषिको सम्भावना ठूलो रहेको बताउँदै नउले अब उत्पादनमा अनुदान दिने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad