राजनीति


सरकार गठनका ६ महिना, के के काम भए? (पूर्णपाठसहित)

सरकार गठनका ६ महिना, के के काम भए? (पूर्णपाठसहित)

नेपालखबर
असार १४, २०८० बिहिबार १३:१९, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ।

बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो। २०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। पुस २८ गते २६८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए।

सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति¸ कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको बताइएको छ।

यस अवधिमा समावेशी, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण¸ अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण¸ सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण¸ नागरिकमैत्री प्रशासनको स्थापना¸ भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन सरकारले गरिरहेको बताइएको छ। 

पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad