राजनीति


संसदीय समितिका सभापति चाँडो चयन गर्न तीन दलबीच सहमति

संसदीय समितिका सभापति चाँडो चयन गर्न तीन दलबीच सहमति

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १३:१, काठमाडौँ

तीन दलका शीर्ष नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ।

मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए। 

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील र स्तरीय बनाउनेबारे पनि छलफल भएको बताए।

घिमिरेले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताएका छन्। 

‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशील, स्तरीय बनाउनेबारे छलफल भयो। त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भनेँ’, उनले भने, ‘मूलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो। उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए। 

उनले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए।

‘शीर्ष नेताहरुको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरुको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ। राजनीतिका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो’, उनले भने। 

मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वबारे पनि छलफल भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .