नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले ललिता निवास जग्गा प्रकरणमा आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपाल दोषी देखिए कारबाही हुनुपर्ने बताएका छन्।
एभरेष्ट ग्यालरीको आयोजनामा शुक्रबार पर्यटन बोर्डमा ‘दृश्यमा खप्तड’ विमोचन समारोहलाई सम्बोधन गरेर निस्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।
‘यदी उहाँ (माधव नेपाल) दोषी हुनुहुन्छ भने उहाँलाई पनि कारबाही हुनुपर्छ। सरकारका विरुद्धमा मुर्दाबाद भनेर हामी सडकमा आउँदैनौं। यदी उहाँ दोषी हुनुहुन्छ भने कारबाही हुुनुपर्छ,’ सञ्चारकर्मीले सोधको प्रश्नको जवाफ दिँदै आलेले भने।
उनले सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए।
‘यो सरकारले काखा र पाखा कसैलाई गर्नु हुँदैन। फाइलहरु खोल्नुपनि पर्छ, अपराधिहरूलाई जाक्नुपर्छ,’ उनले भने, ‘बालुवाटार काण्डमा अध्यक्षको कुरा उठेको छ। एमालेको उपाध्यक्ष विष्णु पौडेलको कुरा उठेको छ। भाटभटेनीका सञ्चालक समातिसकेको अवस्था छ। जो सुकै होस दोषी छ भने समातिनुपर्छ।’
Shares

प्रतिक्रिया