राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिन चल्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिन चल्ने

नेपालखबर
साउन ४, २०८० बिहिबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सो कुरा बताएका हुन्। 

उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए। 

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ। यो बैठक जारी छ। भोलि ११ बजेका लागि बैठक तोकिएको छ,’  पौडेलले भने।

उनले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए।

केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम जारी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ।’

नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताए। उनले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .