नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले महिलाहरुलाई ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘कांग्रेसको नीति अझै समावेशी र विकेन्द्रिकतृत भए। त्यहीकारण केही वर्गलाई कांग्रेसको नीति ठीक हो भन्ने लागेको छैन’, उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय समितिले पनि विकेन्द्रिकरणको अभ्यास गर्नुपर्यो। टिकट दिँदा सम्बन्धित भूगोलका लागि उपयुक्त लाग्ने नेतालाई दिने अधिकार तलै दिऊँ।’
उनले अब कांग्रेसको टार्गेट २०८४ हुनुपर्ने बताए। ‘हाम्रो अबको टार्गेट २०८४ हुनुपर्छ। हामी कता जाँदैछौँ आज बीपी कोइरालालाई पनि हामीले बिर्सियौँ’, उनले भने, ‘कांग्रेसले आफूलाई अब रुपान्तरण गर्नुपर्यो। महिलालाई ३० होइन ५१ प्रतिशत दिनुपर्छ। हामीले महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ। शेरबहादुर देउवाजीले चार पटक लगातार चुनाव जित्नु भयो। दोस्रो म हो। मैले जित्ने कारण के छ भने महिलाहरुको साथ र माया।’
उनले आफूलाई महिलाहरुले माया गरेकैले चुनवा जित्न सकेको बताए। ‘महिलाहरुको शक्ति हामीले बुझ्न सकेका छैनौँ’, उनले भने, ‘अब कांग्रेसले महिलाहरुलाई पूरा अधिकारसम्पन्न बनाउन ढिला गर्नु हुँदैन।’
Shares

प्रतिक्रिया