राजनीति


लुम्बिनीबाट जसपाका २ राष्ट्रिय समिति घोषणा

लुम्बिनीबाट जसपाका २ राष्ट्रिय समिति घोषणा

नेपालखबर
भदौ २३, २०८० शनिबार २१:९, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) र मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) घोषणा भएको छ।

शनिबार कपिलवस्तुमा आयोजित भेलाले दुईवटा राष्ट्रिय समिति गठन गरेको हो। 

भेलाले सुमित्रा चौधरीको अध्यक्षतामा ३९ सदस्यीय थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) गठन गरेको छ। त्यस्तै, कमल बुढामगरको अध्यक्षतामा १४ सदस्यीय मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) गठन भएको छ।

समितिको उपाध्यक्षमा सञ्जय राना, नन्दबहादुर कन्दार, धनरुजी बुढा रहेका छन्। मुख्यसचिवमा सुनिता खडुल, सचिवमा एम डि मगर र कोषाध्यक्षमा पुनम गुरुङ चयन भएका छन्। 

जसपाको विधानबमोजिम मगरात राष्ट्रिय समिति गण्डकी प्रदेशमा र थरुहट राष्ट्रिय समिति सुदुरपश्चिम प्रदेशमा पनि गठन हुने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad