राजनीति


प्रधानमन्त्रीलाई सीके राउतको सुझाव : गरिबी निवारणका लागि चीनसँग सहकार्य गरौँ

प्रधानमन्त्रीलाई सीके राउतको सुझाव : गरिबी निवारणका लागि चीनसँग सहकार्य गरौँ

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार १४:२३, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्रीले बोलाएको बैठकमा गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले अनुभव लिन सुझाव दिएका छन्। 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गरिबी निवारमा चीनले ठूलो सफलता पाएकाले त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारणमा ध्यान दिनुपर्ने बताए।

म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएकाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योगहरु खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न अनुरोध गरेको उनले  बताए। 

‘गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ? त्यसबारे सहकार्य गर्न सुझाव दिएँ’, उनले भने, ‘म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएकाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योग खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ।’

चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनउनेबारे सहकार्य गर्न अनुरोध गरेको अध्यक्ष राउतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .