ad ad

राजनीति


एमालेले शिक्षामन्त्रीलाई भन्यो : आन्दोलनरत शिक्षकका जायज मागहरू सम्बोधन गरौँ

एमालेले शिक्षामन्त्रीलाई भन्यो : आन्दोलनरत शिक्षकका जायज मागहरू सम्बोधन गरौँ

शिक्षामन्त्रीसँग एमालेको टोली। तस्बिर : नेपालखबर


नेपालखबर
असोज ४, २०८० बिहिबार १६:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। 

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो। 

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताए। 

सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी उनले दिए। 

बर्तौलाले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्क्षेपप्रति ध्यानाकर्षण गराए। उनले सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरेर समस्याको निकास खोज्नुपर्ने बताए।

‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघको आन्दोलनबारे एमाले संसदीय दलकोतर्फबाट कुरा राख्यौँ। मूलतः विद्यालय बन्द भएको अवस्था छ। तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर‍्यो’, उनले भने, ‘त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासंघसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुपर्‍यो। शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप भइरहेको छ। यसप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ।’

शिक्षकहरुका कतिपय जायज माग अबिलम्व सम्बोधन गर्न र विधेयकको अंग बनाएर अगाडि बढ्न सरकारलाई औपचारिक आग्रह गरिएको उनले बताए।

‘विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्ब हुनुपर्‍यो। त्यसका लागि अविलम्ब सरकारको प्रतिवद्धता सम्बन्धित आन्दोलनरत पक्षसँग हुनुपर्‍यो’, उनले भने, ‘हामी पनि सकारात्मक ढंगबाट पहल गर्छौं। कतिपय जायज मागहरु सुझावका आधारमा अघि बढ्न तयार रहेको शिक्षा मन्त्रीले बनाउनु भएको छ। सकारात्मक परिणाम आउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .