ad ad

राजनीति


राष्ट्रपति पौडेल जनकपुरमा, यस्तो छ कार्यक्रम

राष्ट्रपति पौडेल जनकपुरमा, यस्तो छ कार्यक्रम

नेपालखबर
असोज ८, २०८० सोमबार १०:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज बिहान जनकपुरधाम पुगेका छन्। 

नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज पौडेल जनकपुर गएका हुन्।

राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ। पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम समेत राखिएको छ। 

राष्ट्रपति पौडेल सोमबार जनकपुर आउने कार्यक्रम तय भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दनको तयारी गरेको हो। सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा अभिनन्दन कार्यक्रम सुरु हुँदैन। 

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा हुने कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने छ।

२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .