राजनीति


रास्वपा सांसद गौतमले ग्रहण गरिन् ‘योङ वर्ल्ड पोलिटिसियन’ अवार्ड

रास्वपा सांसद गौतमले ग्रहण गरिन् ‘योङ वर्ल्ड पोलिटिसियन’ अवार्ड

नेपालखबर
असोज १९, २०८० शुक्रबार २०:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन’ को अवार्ड ग्रहण गरेकी छिन्।

युवा राजनीतिज्ञका लागि अन्तर्राष्ट्रिय संस्था ‘द ग्लोबल कम्युनिटी फर योङ लिडर’ले सोवितासहित विश्वका ५ जना युवा नेतामध्ये गौतमलाई पनि अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो। 

बेलायतको उत्तरी आयरल्याण्ड, बेलफास्टमा आयोजित ‘अवार्ड वन योङ वर्ल्ड समिट बेलफास्ट २०२३’ को कार्यक्रममा सहभागी हुँदै उनले सो अवार्ड ग्रहण गरेकी हुन्। 

उक्त अवार्ड ग्रहण गर्दा आफूलाई अत्यन्तै खुसी लागेको सांसद गौतमले सामाजिक सञ्जालमार्फत बताएकी छिन्। 

उक्ता १८ देखि ३५ वर्ष उमेरका युवा राजनीतिज्ञलाई वितरण गरिन्छ।

आफ्नो देशमा युवाहरूलाई सकारात्मक प्रभाव पार्ने नेतालाई उक्त अवार्ड प्रदान गरिँदै आएको संस्थाले जनाएको छ।

यस अवार्डका लागि ‘योङ वर्ल्ड’का विशेषज्ञ निर्णायक प्यानलद्वारा १५ जनालाई सर्टलिस्टबाट छनोट गरिएको थियो।

जसमध्ये सोवितासहित क्यानडाकी एरियल केबागा,  आयर अयोर मकुर चुओट, न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीलाई यस वर्षको युवा अवार्ड प्रदान गरिएको हो।

उनलाई बिजुली नभएको गाउँमा, सुविधा नभएको स्कुलमा पढेर पनि नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद बनेको बताइएको छ।

उनको भाषण सामाजिक सञ्जालमा लाखौँले हेर्ने गरेको तथा शिक्षा, स्वास्थ्य, रोजगारी र विपन्न वर्गको अधिकारको क्षेत्रमा काम गरेको भन्दै उक्त अवार्ड दिइएको आयोजकले बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad