राजनीति


इजरायल घटनाको विवरण मात्रै दिएर पुग्दैन, प्रधानमन्त्रीले तत्काल संवाद गर्नुपर्छ : एमाले

इजरायल घटनाको विवरण मात्रै दिएर पुग्दैन, प्रधानमन्त्रीले तत्काल संवाद गर्नुपर्छ : एमाले

नेपालखबर
असोज २१, २०८० आइतबार १४:४०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ।

‘सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय। देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो। हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु प¥यो। उनीहरूलाई उद्धार गर्नुपर्‍यो। उनीहरूको उपचारको काम तुरुन्त हुनुपर्यो। यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु,’ उनले भने।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन विताईरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए।

‘यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाई दिदीबहिनीहरु आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ। आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ। वास्वतमा भन्ने हो भने एक मिनट पनि उद्धारका निम्ति, उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन,’ गिरीले भने, ‘यो देशमा सरकार छ। मुलुकमा राज्य छ। ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु। सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय।’

उनले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए। विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो।

‘हिजो मात्रै दक्षिणी इजरायलमा हमासको जुन आक्रमण भयो। त्यो आक्रमणपछि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको कुरा विभिन्न सञ्चार माध्यामहरूमा आएको छ। र, त्यसमा हाम्रा नेपाली दाजभाई, दिदीबहिनीहरु पनि त्यो घटनामा परेको र केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराईरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफनो जीवन उद्दार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरु बाहिर आएका छन,’ उनले भने।

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाईते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

‘अहिले यूएन महासभाका बैठकहरू चलिराखेका छन। अहिले हाम्रा प्रतिनिधिहरूले अहिले नेपालीहरूले त्यहाँ भोगेका पीडाबारे विषयहरू उठाउनु प¥यो। यूएनको ध्यानकर्षण गराउनुपर्‍यो। र, हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरूको जीवन रक्षाका लागि लाग्नुप¥यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad