राजनीति


चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ : मन्त्री रिजाल

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ : मन्त्री रिजाल

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १६:३८, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उहाँले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका हुन्। 

उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको पनि बताए। 

ठूलो कालोबजारी गर्नेहरूलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने पनि बताए।

‘५० हजारदेखि ३ लाख सम्मको जरिवाना छ। समातिएका ठूला कालोबजारीहरूलाई ३ लाखै त हो भनेर फुत्किने गरेका छन। त्यसकारण हामी सचेत हौँ। जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीको लागि सजाय राखिएको हो,’ उनले भने, ‘सानोलाई त ३ लाखदेखि ५ लाख जरिवाना राखिएको छ। यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ। कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौँ। गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई ३ लाख गर्ने हो तर उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन।’

मन्त्री रिजालले जरिबाना तिराएकाहरुले जरिबाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानून नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad