राजनीति


जसपाको मधेस राष्ट्रिय समिति पुनर्गठन, अध्यक्षमा तुलसीप्रसाद राजवंशी

जसपाको मधेस राष्ट्रिय समिति पुनर्गठन, अध्यक्षमा तुलसीप्रसाद राजवंशी

नेपालखबर
कात्तिक २०, २०८० सोमबार ६:४३, विराटनगरमा

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस राष्ट्रिय समिति पुनर्गठन भएको छ। 

विराटनगरमा आयोजित विस्तारित बैठकले समिति पुनर्गठन गरेको हो।

पुनर्गठित समितिको अध्यक्ष तुलसीप्रसाद राजवंशी छन्। कार्यसमिति १९ सदस्यीय छ। 

समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ र कोषाध्यक्षमा प्रीति झा चयन भएका छन्।

जसपामा झापा, मोरङ र सुनसरी जिल्लाको मधेस राष्ट्रिय समिति हुने व्यवस्था छ।

समितिका पूर्व अध्यक्ष जयराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कार्यकारिणी समिति रकम चेम्जोङ थिए। 

कार्यक्रममा राजनीतिक समिति सदस्य रामबिलास यादव, सञ्जय सिंह, पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खालगायतको उपस्थिति रहेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ। 


   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad