नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रा नियुक्त भएकोमा काठमाडाैँस्थित भारतीय दूतावासले स्वागत गरेकाे छ।
‘हाल फ्रान्सका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई नेपालका आगामी भारतीय राजदूतको रुपमा गरिएकाे नियुक्तिकाे दूतावास स्वागत गर्दछ,’ भारतीय दूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत् बिहीबार जानकारी दिएको छ।
यसअघिका राजदूत मन्जीभ सिंह पुरीले आफ्नो कार्यकाल पुरा गरी हालै स्वदेश फर्केपछि भारतले नयाँ राजदूत नियुक्त गरेको हो।

प्रतिक्रिया