ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

नेपालखबर
मंसिर २३, २०८० शनिबार २०:१८, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गरेका छन्। दोहा सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए।

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नेछन्।

मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तै उनले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाइ जोशीको रिहाइका बारेमा छलफल गरेका मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका उनका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

नेपाल र इजरायलबीचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पारेका जोशीले बताए।

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इजरायल गएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .