राजनीति


ओलीलाई खोटाङका ज्येष्ठ नागरिकको सुझाव : फलफूल कुहिएर गयो, गाउँमै मदिरा उत्पादन केन्द्र खोलौँ

ओलीलाई खोटाङका ज्येष्ठ नागरिकको सुझाव : फलफूल कुहिएर गयो, गाउँमै मदिरा उत्पादन केन्द्र खोलौँ

नेपालखबर
मंसिर २७, २०८० बुधबार ११:२९, काठमाडौँ

खोटाङका ज्येष्ठ नागरिकहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिएका छन्। 

एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोक मार्गअन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने सुझाव दिइएको हो।

यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले ओलीलाई  सुझाव दिएका छन्।  ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै  खोटाङमा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको बताएका हुन्। 

अनुरोध पत्रमा अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले अब यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन सुझाव दिएका छन्। 

संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव राम ताम्राकारले बुझाएको अनुरोध पत्रमा मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। 

त्यस्तै मदिरा उत्पादनका लागि प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय  वोट सम्म रोप्ने, बिरुवा औषधि प्राविधिक सहायता वन कृषि कार्यालय र स्थानीय सरकारले।उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरेका छन्र

यस्तै मदिराका उत्पादन केन्द्र स्थानीय सरकारले तोक्ने गरिको व्यवस्था मिलाउन समेत अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकहरूले सुझाव दिएका छन्। 

सुझाव पत्रमा नदीको  किनारमा बाह्रै महिना खेती हुने खेतीयोग्य जमिन बाझै रहेको भन्दै यस्ता जमिनको समेत उपयोग गरिनु पर्ने उल्लेख छ। 

भेटघाटका क्रममा ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .