राजनीति


तीन देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

तीन देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १७:१२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

राष्ट्रपति समक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुदर्शना पठिराना, गणतन्त्र पनामाका राजदूत एशियल एलिन्स बुइलो रिभेरा, बेल्जियम गणतन्त्रका राजदूत डिडिअर अन्ना भेन्डरहासेल्टले प्रमाणपत्र बुझाएका हुन्।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .