राजनीति


जेलमा रहेका इमरान खानले एआईको सहयोगमा यसरी गरे चुनावी र्‍यालीलाई सम्बोधन (भिडिओ)

जेलमा रहेका इमरान खानले एआईको सहयोगमा यसरी गरे चुनावी र्‍यालीलाई सम्बोधन (भिडिओ)

नेपालखबर
पुस २, २०८० सोमबार २१:१४,

जेलमा रहेका पाकिस्तानी नेता इमरान खानले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा चुनावी र्‍यालीलाई सम्बोधन गरेका छन्।

खान अगस्टदेखि जेलमा छन्। गुप्त दस्तावेज चुहाएको आरोपमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। 

तर, फेब्रुअरीमा हुन लागेको चुनावमा आफूलाई रोक्न यो षड्यन्त्र रचिएको उनको आरोप छ।

सोमबार उनको पार्टी पीटीआईले सामाजिक सञ्जालमा आयोजना गरेको भर्चुअल र्‍यालीमा खानको चार मिनेट लामो सन्देश सुनाइएको थियो।

पीटीआईका अनुसार खानले भाषणको स्क्रिप्ट वकिलहरुमार्फत पठाएका थिए। सो टेक्स्टलाई एआई कम्पनी एलेभनल्याब्सको टुल प्रयोग गरेर अडिओ डब गरिएको थियो। सो कम्पनीले बोलीको नमुनाका आधारमा ‘भोइस क्लोन’ तयार पार्ने दाबी गर्दै आएको छ।

‘मेरा पाकिस्तानी मित्रहरु, सुरुमा म यो ऐतिहासिक प्रयासका लागि सोसल मिडिया टिमको प्रशंसा गर्न चाहन्छु,’ खानको नक्कली आवाजले भन्यो, ‘म जेलमा के गरिरहेको छु भन्ने तपाईंहरुलाई लागेको होला। आज वास्तविक मुक्तिका लागि मेरो निश्चय निकै बलियो छ।’

एआईबाट यसरी गरे सम्बोधन (भिडिओ) :

फेसबुक, एक्स र युट्युबमा सो पार्टीका नेताकार्यकर्ताको पाँच घण्टा लामो सम्बोधनपछि सो आवाज प्रसारण गरिएको थियो।

आइतबार रातिदेखि नै यो कार्यक्रमलाई बिथोल्न पाकिस्तानमा ७ घण्टा इन्टरनेट अवरुद्ध पारिएको थियो। तथापि, ४५ लाख मानिसले सो प्रसारण हेरेका छन्।

पाकिस्तानमा लोकप्रिय नेता खानलाई सेनासँगको बढ्दो बेमेलका बीच गत वर्ष सत्ताच्यूत गरिएको थियो। त्यसपछि आफूलाई अमेरिकाको षड्यन्त्रमा सत्ताबाट हटाइएको भन्दै उनले अभूतपूर्व प्रदर्शनहरु आयोजना गरेका थिए।

त्यसपछि उनको पार्टीमाथि व्यापक दमन गरिएको थियो।

फेब्रुअरी ८ मा चुनाव हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .