राजनीति


जनकपुरमा उपप्रधानमन्त्री खड्काले भने : एमालेले संविधान संशोधन गर्न दिएन

जनकपुरमा उपप्रधानमन्त्री खड्काले भने : एमालेले संविधान संशोधन गर्न दिएन

नेपालखबर
पुस ५, २०८० बिहिबार १८:६, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटनमा कांग्रेस उपसभापति समेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए।

‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ। मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुेपर्छ’ उनले भने।

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए्।

यस्तै, उनले नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको बताए।

‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ। एमालेका कारण संसदमा फेल हुन पुग्यो। फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ’ उनले भने।

उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ। हिउँदे अधिवेशनबाट कानुन बनाउछौँ। केही महत्त्व पूर्ण कानुन अध्यादेशबाट ल्याइने उनको भनाई छ।

यस्तै पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभइ व्यवहारमा हुनुपर्ने उपसभापति खड्काले बताए।

‘अब सभापतिको कुरा केही छैन। दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ। हामीहरू समस्याको पहिचान गरि छलफलमा बस्नुपर्छ’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .