राजनीति


प्रधानमन्त्रीले भने : मन्त्रीहरू फेर्छु, सरकारको गतिलाई तीव्रता दिन्छु

प्रधानमन्त्रीले भने : मन्त्रीहरू फेर्छु, सरकारको गतिलाई तीव्रता दिन्छु

नेपालखबर
पुस ६, २०८० शुक्रबार १४:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम देखिने काम गर्ने बताएका छन्।

मोरङको मिक्लाजुङ गाउँपालिका-५ मा माओवादीको स्थानीय कमिटीले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने पनि उनले बताए।

त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता उनले सुनाए। 

प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई तीव्र पारिने उनको भनाइ थियो। 

उनले स्थानीयलाई आश्वासन दिँदै लाभाखोला वृहत् खानेपानी योजना निर्माण पूरा गराउने प्रतिबद्धता जनाए। 

उनले मोरङको पथरी शनिश्चरेको सुकुम्बासी समस्या समाधानमा पहल गर्ने पनि बचन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad