राजनीति


राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले डाक्यो सचिवालय बैठक

राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले डाक्यो सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १८:१३, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।  

यही शुक्रबार मध्याह्न १२ बजे बस्ने गरी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको हो। 

निर्वाचन आयोगले यही पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची राखेको छ।

आगामी फागुनदेखि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ८ सदस्य रिक्त हुँदैछन्।

निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनको मोर्चाबन्दी कायमै रहे एमालेले सबै ८ सिट गुमाउनेछ।

यस्तो अवस्थामा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने गरी छलफल थालेका छन्।

उनले सत्तारुढ दलसँग पनि एमालेलाई राष्ट्रिय सभामा समेट्ने गरी संवाद गरिरहेका छन्।

बुधबार पनि सत्तारुढ चार दलका नेताको बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न ओली बालुवाटार पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .