राजनीति


गठबन्धन सरकारले देश हित विपरित काम गर्‍यो : नेता खनाल

गठबन्धन सरकारले देश हित विपरित काम गर्‍यो : नेता खनाल

नेपालखबर
पुस २१, २०८० शनिबार १८:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरत भएको दाबी गरे। 

‘नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो र पुरानो मुलुक पनि हो। हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन्। त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन। यस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरू हाम्रो राष्ट्रको हीतको कुरा हुँदैन,’ नेता खनालले भने, ‘हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन। यो राष्ट्रिय हित विपरित हुन्छ। यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो। त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो।’

छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उनले उल्लेख गरे।

‘यदी छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौँ। नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्छाँै। यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन। त्यस कारणले यो राष्ट्र हित विपरितको कुरा हो,’ उनले भने।

सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनैपनि सरकारले अघि बढ्न जरुरी रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .