ad ad

राजनीति


नागरिक उन्मुक्तिमा अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध

उपाध्यक्ष र महासचिवमा कुरा मिल्न बाँकी
नागरिक उन्मुक्तिमा अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध

फाइल तस्बिर


गोकुल जोशी
पुस २७, २०८० शुक्रबार १९:४८, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मतमा टुंगो लगाएको छ।

कैलालीको टीकापुरमा जारी प्रथम महाधिवेशन अन्तर्गत अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन्। 

अहिलेसम्म महासचिव र उपाध्यक्षबाहेक अन्य पदाधिकारी सर्वसम्मतिले टुंगो लागेको छ। 

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी निविरोध चयन भएका छन्।

सह-महासचिवमा रामलाल डगौँरा, पदम अधिकारी, पवनकुमार शाह, दिलकुमार रावत, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भए।

सचिवतर्फका ७ पदमा तुलसीप्रसाद चौधरी, तलित ताम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भए।

त्यस्तै ७ पद जनाको सीट रहेको सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अमहमद हुसेन मनिहर, मणीराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बु सर्वसम्मत चयन भए।

महासचिवमा धर्मबहादुर चौधरी, ठाकुरसिंह चौधरी र गंगाराम चौधरीको उम्मेदवारी थियो। तीमध्ये ठाकुरसिंह थारुले उम्मेदवारी फिर्ता लिएका छन्। धर्मराज र गंगारामबीच महासचिवका लागि छलफल चलिरहेको छ। 

यस्तै, ७ जना उपाध्यक्षमध्ये ५ जनाको नाम टुंगो लागेको छ। अन्य दुई उपाध्यक्ष टुंगो लाग्न बाँकी छ। 

सुदूरपश्चिमका रतनबहादुर थापा, गण्डकीका शिवकुमार बास्तोला, कर्णालीका महेन्द्र पुन, कोशीमा इन्द्रकुमारी लिम्बु, मधेशमा रामकुमार महतो सर्वसम्मत उपाध्यक्ष चयन भएका छन्। 

हरेक प्रदेशबाट एक उपाध्यक्ष पर्ने गरी उन्मुक्तिले ७ उपाध्यक्ष राख्दैछ। सहमति नजुटेको सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन्। नागरिक उन्मुक्तिले अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .