ad ad

राजनीति


बालुवाटार जग्गा प्रकरणका वास्तविक दोषी उम्कन हुँदैन : कमल थापा

बालुवाटार जग्गा प्रकरणका वास्तविक दोषी उम्कन हुँदैन : कमल थापा

नेपालखबर
माघ २५, २०७६ शनिबार १२:२४,

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन्।

रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए।

अदालतले निर्दोषलाई सफाइ र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफुले लिएको थपाले बताए। उनले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरेका छन्। उनले एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा पनि अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरे।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरे। एमसीसीमा भएका सामान्य त्रुटीहरु हटाएर सहायता लिनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .