प्रविधिको क्षेत्रमा राम्रो कम्पनी मानिएको फक्सकनले कोरोना भाइरस प्रतिरोधी सर्जिकल मास्क निर्माण गर्ने बीबीसीले जनाएको छ।
ताइवानस्थित फक्सकनले दिनमा २० लाख मास्क उत्पादन गर्नेगरी यसै महिनाको अन्तिमबाट काम थाल्ने बताइएको छ।
कोरोनाको त्रासपछि विश्वभर मास्कको खपत बढेको छ। फक्सकनले विश्वका मानिसको मागलाई पूर्ति गर्ने वीच्याटमार्फत् जनाएको छ।
शनिबारसम्म कोरोनाका कारण ७ सय २२ जनाको मृत्यु भइसक्दा ३४ हजार ५४६ जना कोरोनाबाट संक्रमित बनेका छन्। एजेन्सी
प्रतिक्रिया