साताव्यापी भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको टोलीले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग भेटवार्ता गरेको छ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधिमण्डलले लखनऊस्थित सरकारी निवासमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ।
‘भगवान पशुपतिनाथको पावन धरा नेपालबाट आएका माननीय सांसद गणको शिष्टमण्डलसँग शिष्टाचार भेट भयो’, योगी आदित्यनाथले भनेका छन्।
आज लखनऊ स्थित सरकारी आवास पर भगवान पशुपतिनाथ की पावन धरा, पड़ोसी राष्ट्र नेपाल से आए वहां के माननीय सांसद गण के शिष्टमंडल से शिष्टाचार भेंट हुई। pic.twitter.com/srX3InDprU
उक्त भेटका क्रमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको सांसद यादवले जानकारी दिए।
उता मंगलबार नै लखनऊस्थित राजभवनमा नेपाली सांसदको टोलीले राज्यपाल आनन्दीबेन पटेलसँग पनि भेटवार्ता गरेको छ।
भेटमा सांसद यादवले नेपालसँग सम्झौतामा हस्ताक्षर गरेका उत्तर प्रदेशका विश्वविद्यालयबीच परस्पर शैक्षणिक आदान प्रदान, भाषा अध्ययन र भ्रमण बढाउन आग्रह गरेको जनाइएको छ।

Shares

प्रतिक्रिया