राजनीति


जनप्रतिनिधि र शासक नसुध्रिएसम्म देश बन्ने अवस्था छैन : चित्रबहादुर केसी

जनप्रतिनिधि र शासक नसुध्रिएसम्म देश बन्ने अवस्था छैन : चित्रबहादुर केसी

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १२:४७, काठमाडौँ

राष्ट्रिय जनमोर्चा पार्टी नेपालका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको महाभारतले देशको वास्तविक चित्र देखाएको बताएका छन्।

आइतबार बसेको संघीय संसद्‍को राज्य व्यवस्था समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।  

‘अध्यागमनमा भएको समस्याले हाम्रो देशको अवस्थाको चित्रण गर्छ’, उनले भने, ‘देशलाई सिद्याउन गलत शिक्षा ल्याए पुग्छ। अहिले देशमा जुन शिक्षा प्रणाली छ, त्यसले राष्ट्र ध्वस्त भइरहेको छ।’ 

केसीले राज्य सञ्चालन गर्न बसेकाहरूको प्रवृत्ति फेरिनुपर्ने बताए। 

‘एउटा मान्छेलाई टिपेर लगेर राष्ट्र सुध्रिँदैन। हामी जनताका प्रतिनिधिहरू नसुध्रिने हो भने राज्य सुध्रिदैँन’, उनले भने, ‘नेपाली जति विदेश पठाउने, भएका उद्योग पनि साहु-महाजनलाई बेच्ने प्रबृत्ति बढेको छ। यो रोक्न जरुरी छ। अहिले एअरपोर्टमा महाभारत छ, यसलाई हामीले सुधार्नै पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .