राजनीति


माओवादी केन्द्रीय समिति बैठकअघि पदाधिकारीसँग छलफल गर्दै अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रीय समिति बैठकअघि पदाधिकारीसँग छलफल गर्दै अध्यक्ष प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १२:९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुनुअघि अहिले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित केही स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन्।

माओवादीको २२ सदस्यीय पदाधिकारी र ४४ सदस्यीय स्थायी समिति छ। 

भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा पदाधिकारीसहितको स्थायी समिति बैठक बसेको हो। मंगलबारदेखि सुरु हुने विधान सम्मेलनकै विषयमा बैठक केन्द्रित रहेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘विधान मस्यौदामा साझा समझदारी बनाउन अहिले पदाधिकारीसहित बैठक बसिरहेको छ’, ती नेताले नेपालखबरसँग भने, ‘त्यसपछि केन्द्रीय समितिको बैठक बस्छ।’

७ सदस्यीय विधान मस्यौदा समिति तयार पारेको विधानमा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव राखेका छन्।

आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा आज विधान मस्यौदा माथि छलफल गराउने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .