राजनीति


ओलीको आरोप : जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जा गर्न मात्रै

ओलीको आरोप : जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जा गर्न मात्रै

नेपालखबर
फागुन १, २०८० मंगलबार १७:३७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्।

मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए। उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए। उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे।

उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे। उनले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको बताए। उनले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताए।

उनले भने,‘त्यही संसदमा नलडीकन हिस्सा लिइयो। सरकारमा चुनाव नलडी पुगियो। अनि हिंसा छोडियो। के भएर? किन त्यत्ति थियो। त्यसको उद्देश्य। पाल्र्यामेण्टमा अच्छाखासा सिट संख्या? र सरकारमा राम्रो हिस्सा। अरु त केही प्राप्त गरेको देखिँदैन। भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन। तर १७ हजार मानिस मारिए।’

उनले थपे, हिंसाको मात्रै कुरा होइन, आतंक बेग्लै खालको थियो। मान्छे गाउँमा बस्न सकेनन्। सदरमुकाम गए, सदरमुकाममा बस्न सकेनन् राजधानी आए, राजधानीमा बस्न सकेनन् विदेश पलायन भए। विदेश पलायन हुने कुराको लस्कर त्यहाँबाट शुरु भएको हो। भयावह हिंसा भयो। राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ। जम्माजम्मी सत्ता। सरकार रहेछ, सांसद रहेछ। चाहिएको त प्रधानमन्त्री न रहेछ। अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने?’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए। उनले हिंसा मच्चाउनेहरु सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो? भन्ने प्रश्न गरे। उनले लोकतन्त्र कांग्रेसलाई मात्रै आएको बताए।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा रहेको बेलामा किन शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गरे। उनले लडाईं दुई/दुई वर्ष प्रधानमन्त्री बन्नका लागि गरेको आक्षेप लगाए।

अध्यक्ष ओलीले नेकपा एमालेको नीति राजनीतिक हितहरुका लागि मात्रै रहेको बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .